• मंसिर ११ २०८१, मंगलवार

दोस्रो टाइगर कप भलिबलको उपाधि आर्मी र सशस्त्रलाई

माघ १ २०७८, शनिबार

पोखरा । पोखरामा सम्पन्न दोस्रो टाइगर कप भलिबलको उपाधि आर्मी र सशस्त्रले जितेका छन् ।

पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टसलाई हराउँदै आर्मीले उपाधि जितेको हो । शनिबार भएको फाइनमा टिपटपलाई ३–१ को सेटमा पराजित गरेको हो । आर्मीले २५–१८, २४–२६, २५–१८ र २५–१९ को सेटमा पराजित गर्दै आमन्त्रित क्लब स्तरीय भलिबल च्याम्पियनसिपको उपाधि उचाल्न सफल भएको हो ।

आगामी लिग चरणमा भने टिपटपसँगै पराजित भएको थियो । महिला तर्फ भने आर्मीलाई पराजित गर्दै सशस्त्र प्रहरी बलले उपाधि रक्षा गरेको छ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा सञ्चालित प्रतियोगिताको विभागीय डर्बीको फाइनलमा सशस्त्रले आर्मीमाथि सोझो सेटमा पराजित गरेको हो ।

विजेता महिला तथा पुरुष दुवै टोलीले नगद ३/३ लाख रुपैयाँ सहित ट्रफी प्राप्त गरेका छन् । उपविजेता दुवै टोलीले समान नगद १ लाख ५० हजारका दरले प्राप्त गरे । पुरुषतर्फ नेपाल पुलिस क्लब तेस्रो बन्यो । महिलातर्फ भने न्यु डायमन्ड स्पोर्टस क्लबले तेस्रो भएको छ । तेस्रो हुनेले ७५/७५ हजार पाएका हुन् ।

प्रतियोगितामा महिलातर्फ एपीएफकी सरस्वती चौधरी र पुरुषतर्फ आर्मीका धनबहादुर भट्ट उत्कृष्ट खेलाडी घोषित भए । उनीहरूलाई  २५/२५ हजार नगद प्रदान गरिएको छ ।