• मंसिर ७ २०८१, शुक्रबार

फोटोमा हाम्रो आँखा किन रातो देखिन्छ ?

माघ १ २०७८, शनिबार

पृथ्वीमा रहेका हरेक जीवजन्तु र प्राणीको शरीरमा दुइवटा आँखा रहेका हुन्छन् । तपाईंले कहिल्यै विचार गर्नु भएको छ ? हामी एउटा आँखा चिम्लिए पनि त देख्न सक्छौं । अर्थात् हामीले कुनै दृश्य देख्नको लागि एउटै आँखाले पनि काम गर्न सक्छ ।

तर एउटा आँखाले देख्न सक्ने क्षेत्र दुइवटा आँखाले देख्न सक्ने क्षेत्रभन्दा धेरै कम हुन्छ । हाम्रो एउटा आँखाले करिब १३५ डिग्रीसम्म देख्न सक्छ भने दुइवटै आँखा सँगै हुँदा १८० डिग्रीसम्म देख्न सकिन्छ । त्यस्तै गरेर हाम्रो शरीरमा रहेको बायाँ आँखाले कुनै वस्तुको बायाँतिरको भाग राम्ररी देख्छ भने दायाँ आँखाले वस्तुको दायाँपट्टीको भाग देख्नमा सहयो गर्छ ।

अर्को कुरा हाम्रो शरीरमा रहेका दुइवटै आँखाले वस्तुलाई सजिलै र छिट्टो पहिचान गर्नका लागि सहयोग हुने भएकोले हाम्रो शरीरमा दुइवटै आँखा हुनु जरुरी छ । र प्रकृतिको यही आवश्यकताले गर्दा नै शरीरमा दुईवटा आँखा भएका हुन् ।

हाम्रो आँखाको रेटिनामा प्रकाश परावर्तन गर्ने ‘टेमटम ल्यूसिडम’ नामको पातलो झिल्ली रहेको हुन्छ । कम प्रकाश परावर्तन हुने स्थानमा आँखाको नानी ठूलो हुन्छ र आँखामा धेरै प्रकाश छिर्ने हुँदा त्यस्तो स्थानमा फ्ल्यास फोटो राखेर खिचिएमा आँखाको रेटिनाबाट धेरै प्रकाश परावर्तित हुन्छ र हाम्रो रगत पनि छिटो छिटो संचारहुँदा फोटोमा हाम्रो आँखा रातो देखिएको हो । तर फ्ल्यास नगरिकन फोटो खिचिएमा फोटोमा हाम्रो आँखा रातो देखिंदैन ।