काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाली भूमि लिपुलेक कालापानी क्षेत्रमा भइरहेको अतिक्रमण र हस्तक्षेप विरुद्ध आपत्ति जनाएको छ।
राप्रपाका महामन्त्री भुवन पाठकले शनिबार एक विज्ञप्ति जारी गर्दे एकतर्फी रुपमा भारतले सडक निर्माण गरिरहेको खुलास गर्नु नेपाली सार्वभौभिकताको विरुद्धमा रहेको र त्यसको प्रतिवाद सरकारले गर्नुपर्ने धारणा सार्वजनिक गरेका हुन् ।
‘कालापानी,लिपुलेख नेपाली भूमि हो’ आफ्नो भूमिमाथि भइरहेको अतिक्रमण र हस्तक्षेपका विरुद्ध नेपाल सरकारले प्रतिवाद गर्नुपर्छ’ जारी विज्ञप्तिमा भनिएको छ।