चितवन। भरतपुर अस्पतालले कोभिड-१९ को सङ्क्रमण दर बढ्दो क्रममा रहेको भन्दै सामान्य बिरामीलाई सकेसम्म अस्पताल नआउन आग्रह गरेको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा.कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति जारी गरी अस्पतालमा एकअर्कामा सङ्क्रमण फैलन सक्ने सम्भाना बढेकाले सामान्य प्रकृतिका बिरामी केही पछि आउन उपयुक्त हुने बताएका छन्।
‘भरतपुर अस्पतालमा पुस २९ गते १७२ जनाको परीक्षणमा ९५ जनामा पोजिटिभ देखिएको थियो। हिजो पुस ३० गते १८६ जनामा गरिएको परीक्षणमा ११५ जना पोजेटिभ देखिएको छ। यो कोभिड-१९ संक्रमणको उच्च प्रकोप हो। काठमाडौँको त्रिवि टिचिङ र वीर अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीहरु पनि उच्च संख्यामा संक्रमित भएको तथ्यांकले समेत अस्पतालमा एकअर्काबाट संक्रमण फैलिन सक्ने सम्भावना बढ्दै गएको देखिन्छ’,जारी विज्ञप्तिमा भनिएको छ ।
साथै,जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न पनि अनुरोध गरिएको छ।