• बैशाख १६ २०८२, मंगलवार

एमाले उपाध्यक्ष पौडेललाई कोरोना संक्रमण

माघ १ २०७८, शनिबार

काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ।

उपाध्यक्ष पौडेले आफूलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । उनी कोरोना पुष्टि भएपछि भैंसेपाटीस्थित आफ्नै निवासमा आइसोलेसनमा बसेका छन्।

उनले सामाजिकसञ्जालमा लेखेका छन्‚ ‘परीक्षणबाट कोविड संक्रमण पुष्टि भएको हुनाले आजैबाट स्वास्थ्यलाभको प्रतिक्षा सहित आइसोलेशनको यात्रा आरम्भ भयो।’