काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले सबै दलबीच सहमति गरेर मात्र एमसिसी पास गर्नुपर्ने बताएका छन् ।
काँग्रेस बाँकेले शुक्रबार पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले एमसिसीमा कांग्रेसले एक्लै निर्णय गर्न खोजेमा आसन्न निर्वाचनमा पार्टीलाई त्यसले असर गर्ने ठोकुवा गरे ।
‘सबै दलले सहमति नगरेर एमसिसी पास गर्नु हुँदैन, अहिले सानो बच्चालाई एमसिसी पास गर्नु हुन्छ कि हुँदैन भनेर सोध्दा हुँदैन भन्छ, यो स्थिती छ,’ उनले भने, ‘एमसिसीका बारेमा पार्टी सभापतिले सबै दलहरुसँग राय, परामर्श लिएर सहमति गरेर मात्रै पास गर्नुपर्छ, नत्र भने यो चुनाव अगाडि एमसिसीको विषयलाई बन्द गर्नुपर्छ ।’ यो समाचार नागरिक दैनिकमा छ ।