काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका ६ मा स्कार्पियो दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।
तीन नम्बर पुलबाट बा१३च ४३६५ नम्बरको स्कार्पियो अनियन्त्रित भई पल्टिँदा सात जना घाइते भएका छन् । नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरको स्कार्पियो अनियन्त्रित भई पल्टिएर अन्दाजी ५०–६० मिटर तल त्रिशूली नदीको किनारामा खसेको प्रहरीले जनाएको छ ।
घाइतेहरूलाई उपचारको लागि भरतपुर लगिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए । दुर्घटनाको कारण भने खुलेको छैन ।