बाँके । राप्तीसोनारी गाउँपालिका–६, हब्रहवाका रामप्रसाद थारू साँझ पर्ने बित्तिकै घरभित्र पस्छन् । बिहान नहुँदासम्म रामप्रसादका परिवार घरबाहिर निस्किँदैनन् ।
राति दिसा र पिसाब लागेमा उनीहरूले भित्रै व्यवस्थापन गर्छन् । रामप्रसाद भन्नुहुन्छ– ‘घरबाहिर बाघ आउँछ भन्ने डर हुन्छ । साँझ घरभित्र पसेपछि एकैपटक बिहान बाहिर निस्किन्छौं । दिसापिसाब लागेमा भित्रै गछौँ । त्यसका लागि डब्बा राखेका हुन्छौं ।’
हब्रहवाका चाँदनी थारूलाई गत शनिबार दाउरा काट्न जाँदा बाघको आक्रमणबाट मृत्यु भएको थियो । चाँदनीको शवलाई भोलिपल्ट राप्ती नदीमा दाहसंस्कार गरिएको थियो । दाहसंस्कार गरेको ठाउँमा समेत बाघ आएको बताइएपछि स्थानीयवासी त्रसित भएका छन् । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।