• मंसिर १३ २०८१, बिहीबार

सेबोनको अध्यक्षका लागि १५ जनाको आवेदन

पुष २९ २०७८, बिहीबार

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि १५ जनाको आवेदन परेको छ । सेबोनको अध्यक्षका लागि आवेदन दिने आज अन्तिम दिनसम्म आउँदा सोही संख्यामा आवेदन परेको हो ।

आवेदन दिनेमा पहिला पटकको (रद्ध भएको) विज्ञापनमा आवेदन दिने १२ जना मध्ये १ जनाले अहिले दिएका छैनन् भने थप चार जना नयाँले मौका पाएका छन् । पहिला आवेदिन दिने कर्मचारी सञ्चय कोषका पूर्वप्रमुख कृष्ण आचार्यले अहिले आवेदन नदिएका हुन् ।

पछिल्लो विज्ञापनबाट आवेदन दिन मौका पाउनेमा खगेन्द्र कटुवाल, मुक्ति अर्याल, रमेश अधिकारी र कृष्णराज पोखरेल रहेका छन् ।

त्यसैगरी पहिलो विज्ञापनमा पनि आवेदन दिएका यसअघि बोर्डकै कार्यकारी निर्देशक रहेका निरज गिरी र उपकार्यकारी निर्देशक नबराज अधिकारी, बोर्डकै पूर्वकर्मचारी जीवन अंगाई, बीमा समितिका निवर्तमान अध्यक्ष चिरञ्जीवी चापागाईं, नेपाल स्टक एक्सचेञ्जका पूर्वप्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक तथा पुँजीबजार विज्ञ गोपाल भट्ट, वित्तीय विज्ञ रमेश हमाल, सहरी विकास कोषका उपनिर्देशक अनिल पौडेल, अम्बिका शर्मा, केशव श्रेष्ठ र हेमन्त बस्यालले पनि आफ्नो उमेद्धारी निरन्तरता दिएका हुन् ।