• बैशाख १६ २०८२, मंगलवार

नेपाल प्रहरीको प्रवक्तामा डिआइजी मुकुन्दराज आचार्य नियुक्त

पुष २८ २०७८, बुधबार

काठमाडौं । प्रहरी नायब महानिरीक्षक(डिआइजी) मुकुन्दराज आचार्य नेपाल प्रहरीको प्रवक्तामा नियुक्त भएका छन् ।

प्रहरी प्रधान कार्यालयमा कार्यरत डिआइजी आचार्यलाई बुधवारदेखि लागू हुने गरी प्रहरी प्रवक्ताको जिम्मेवारी दिइएको हो।

अर्को निर्णय नहुञ्जेलका लागि आचार्यलाई प्रवक्ताको जिम्मेवारी दिइएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।