• बैशाख १६ २०८२, मंगलवार

केन्द्रीय सदस्य मनोनयनमा कुनै विभेद गरेको छैन: राजेन्द्र लिङ्देन

पुष २८ २०७८, बुधबार

काठमाडौं  । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सदस्य मनोनयनमा कुनै पनि विभेद नगरेको दाबी गरेका छन् ।

बुधबार पार्टी कार्यालय धुम्वाराहीमा मनोनीत केन्द्रीय सदस्यहरुलाई शपथ गराउँदै आफूले बिभेद नगरेपनि मनोयनका बिषयमा भ्रम भएको स्पष्ट पारेका छन् ।

मनोयनका बिषयमा केही भ्रम भएको भन्दै उनले आफुले बिधान अनुरुप समावेशीतालाई पूर्णता दिने बताए । उनले असन्तुष्ट पक्षलाई समेत समावेश गरेर पार्टीलाई विवादरहित बनाउने उल्लेख गरे । त्यस्तै लिङ्देनले राजसंस्था, हिन्दुराष्ट्रको मुद्दा संगसंगै मुलुकको अन्य मुद्दालाई स्थापित गर्न सदन र सडकमार्फत संघर्ष गर्ने बताए।

अध्यक्ष लिङ्देनले आवश्यकताका अनुसार आफूले पार्टीका नेताहरुलाई केन्द्रीय समितिमा ल्याएको समेत बताए ।