• बैशाख १६ २०८२, मंगलवार

स्याङ्जामा १६ महिने बालकको घाँटी रेटेर हत्या

पुष २८ २०७८, बुधबार

स्याङ्जा। स्याङ्जामा १६ महिने बालकको घाँटी रेटेर हत्या भएको छ ।

वालिङ्ग नगरपालिका–१० भकुण्डेमा डेरा गरी बस्ने रनमाया गुरुङ्गको १६ महिने छोरा साइमन गुरुङ्गकाे घाँटी रेटेर हत्या गरिएकाे प्रहरीले जनाएको छ ।

मृतकको दिदी ५ वर्षीया साइना गुरुङ्गको भने घाँटी र बायाँ हातको औंलामा चोट लागेको छ । उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको र अवस्था सामान्य रहेको बताइएको छ।

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पर्वत–५ पैंयुका ३३ वर्षीय जितेन्द्र गुरुङलाई पक्राउ गरेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।