काठमाडौं । निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ । शुक्रबार विहान ११ बजे बस्ने गरी बैठक बोलाइएको हो।
सर्वदलीय बैठकमा तीन वटा विषयमा छलफल हुने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए।
उनका अनुसार स्थानीय तहको निर्वाचन, राष्ट्रियसभाको निर्वाचन र मतदाता नामावली अद्यावधिकबारे बैठकमा छलफल हुनेछ।