• मंसिर १३ २०८१, बिहीबार

पछिल्लो २४ घण्टामा थप ३०७५ जनामा कोरोना सङ्क्रमण, २ को मृत्यु

पुष २८ २०७८, बुधबार

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ३०७५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १३ हजार ३६ वटा नमुना परीक्षणमा ३०७५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । त्यस्तै २७८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।