• बैशाख १६ २०८२, मंगलवार

ललिता निवास प्रकरण : जमानीमा छुटे सुवेदी दम्पती

पुष २८ २०७८, बुधबार

काठमाडौँ। बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा बिचौलियाको आरोप लागेका रामकुमार सुवेदी र माधवी सुवेदीलाई प्रहरीले हाजिरी जमानीमा रिहा गरेको छ।

जिल्ला सरकारी वकिल कार्यालयको सहमतिमा केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार उनीहरुलाई रिहा गरेको हो। बालुवाटार जग्गा प्रकरणमा सुवेदी दम्पतीलाई केही दिनअघि प्रहरीले पक्राउ गरेको थियो।

सीआईबीले मुद्दा दायराका लागि अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको थियो । तर, अनुसन्धान नपुगेको भन्दै वकिल कार्यालयले प्रतिवेदन सीआईबीलाई फिर्ता पठाएपछि मुद्दा दायर हुन सकेन । मुद्दा नचल्ने स्थिति आएपछि सुवेदी दम्पती मंगलबार रिहा भएका हुन् ।

सुवेदीको नाममा १४ रोपनी जग्गा फेला परेको थियो । सीआईबीले तत्कालीन मन्त्री, सचिवसहित ३०० जनाविरुद्ध मुद्दा चलाउनुपर्ने प्रतिवेदन तयार पारेको थियो । यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ ।