काठमाडौँ। बतास अर्गनाइजेशनले आफूले गैरकानूनी काम गरेको भए कारबाही गरेर देखाउन सरकारलाई चुनौती दिएको छ।
बतास समूहले बुधबार एक विज्ञप्ति जारी गर्दै आफूले गैरकानुनी ढंगले निर्माण कार्य गरेको भए कारबाही गर्न सरकारसामु चुनौती दिएको हो।
‘बतास अर्गनाइजेसनको कानूनसम्मत भाडामा लिने गरी गरेका व्यवसायिक सम्झौताहरू कानुन बमोजिम रद्द गर्न नेपाल सरकार स्वतन्त्र छ,’ बतास समूहका अध्यक्ष आनन्दराज बतासले सात बुँदे स्पष्टीकरणमा भनेका छन्, ‘त्यसैले बतास अर्गनाइजेसनको लगानी र त्यसको उचित क्षतिपूर्तिसहित आजकै मितिमा यदि सरकारले सम्पूर्ण सम्झौता एकमुष्ट खारेज गर्छ भने पनि हामीलाई कुनै आपत्ति नरहने कुरा यहाँहरूमार्फत आमजनसाधारण र सरोकारवाला सबैलाई जानकारी गराउन चाहान्छौँ।’
यस्तै राजनीतिक व्यक्तिहरुसँगको अनैतिक संलग्नत भन्ने हल्ला पनि गलत भएको बतास समूहले प्रष्ट परेको छ।
यस्तो छ बतासको स्पष्टीकरण :