• बैशाख १६ २०८२, मंगलवार

विकास र राजनीतिलाई सँगसँगै लैजानुपर्छ: रामचन्द्र पौडेल

पुष २७ २०७८, मंगलवार

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकास र राजनीतिलाई सँगसँगै लिएर अगाडी बढ्नुपर्ने बताएका छन् ।

ऋषि गाउँपालिकाद्वारा आयोजित दोस्रो ऋषिङ अल्ट्रा म्याराथन प्रतियोगिताको समापन कार्यक्रममा आज उहाँले भन्नुभयो, “विकास र राजनीति एक अर्काका परिपूरक हो । त्यसैले विकास र राजनीतिलाई सँगसँगै लिएर जानुपर्दछ ।”

विकासका क्षेत्रमा पछि परेका ऋषिङमा अहिले विकास निर्माणले गति लिन थालेको उल्लेख गर्दै नेता पौडेलले हिजो हामीले विकास निर्माणको सुरुआत गरेको र आज विकास भएका कारण गाउँको मुहारमा परिवर्तन आएको बताए ।

नेता पौडेलले खेलकुद राष्ट्रको गहना भएको बताउँदै यसको संवर्धनका लागि राज्यले उचित ध्यान दिन सके सक्षम खेलाडी उत्पादनमा सहज हुनेमा जोड दिए । उनले गाउँपालिकाले खेलकुदका माध्यमबाट सिङ्गो गाउँपालिका क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न चालेको कदम सकारात्मक रहेको उल्लेख गरे ।