• बैशाख ५ २०८२, शुक्रबार

मेडिकल कलेज सञ्चालकलाई कारबाहीको मागसहित गृहमन्त्री खाँडलाई ध्यानाकर्षण पत्र

पुष २७ २०७८, मंगलवार

काठमाडौं । विभिन्न राजनीतिक दल निकट विद्यार्थी संगठनले अतिरिक्त शुल्क माग गर्ने मेडिकल कलेज सञ्चालकलाई कानूनी कारबाही गर्नुपर्ने मागसहित गृहमन्त्री बालकृष्ण खाँडलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

मंगलबार गृहमन्त्री खाँडलाई भेटेर सात विद्यार्थी संगठनहरूले ३ बुँदे मागसहित ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

शिक्षाजस्तो अत्यावश्यक सेवालाई आफ्नो चंगुलमा राखी विद्यार्थीको अधिकार र भविष्यमा प्राप्त हुने सफलतामाथि अंकुश लगाउन खोज्ने मेडिकल सञ्चालहरुलाई तत्काल पक्राउ गरी कानून बमोजिम कार्वाही गर्नुपर्ने विद्यार्थी संगठनको माग छ ।

चिकित्सा शिक्षा आयोगले तोकेको मापदण्ड विपरित बढी शुल्क लिने नोबेल मेडिकल कलेज, काठमाडौँ मेडिकल कलेज र मणिपाल मेडिकल कलेजमाथि आवश्यक छानबिन हुनपर्ने र विद्यार्थी र उनका अभिभावकलाई धम्की दिनेलाई कार्वाही गर्नुपर्ने माग पनि विद्यार्थी संगठनहरुले राखेका छन् ।

ध्यानाकर्षण पत्र बुझ्दै गृहमन्त्री खाँडले यस विषयलाई आफूले गम्भिरतापूर्वक लिएको बताएका थिए । उनले आवश्यक छलफल गरेर अघि बढ्न आश्वान दिएका छन् ।