• मंसिर १३ २०८१, बिहीबार

खोप कार्ड बोकेर हिँड्नुपर्दैन, मोबाइलमा खोप कार्डको फोटो भए पनि चल्छ

पुष २७ २०७८, मंगलवार

काठमाडौं । सरकारको आदेश अनुसार माघ ७ देखि सार्वजनिक स्थानहरुमा प्रवेश गर्दा कोभिड—१९ विरुद्धको खोप लगाएको कार्ड अनिवार्य हुनुपर्ने छ । सरकारको आदेशपछि सर्वसाधारणहरुले खोप कार्ड बोकेर हिँड्नै पर्छ भने छैन । मोबाइलमा खोप कार्डको फोटो भए पनि काम गर्दछ ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले मंगलबार दिएको छ। सार्वजनिक सेवा लिन सरकारको आदेशअनुसार माघ ७ गतेदेखि खोप कार्डको सक्कल नै बोकेर हिँड्नु पर्दैन। मोबाइलमा खोप कार्डको फोटोमात्र भए पनि त्यसले खोप कार्डकै काम गर्ने पनि काठमाडौँ जिल्ला प्रशासनको विज्ञप्तिमा उल्लेख छ।

सार्वजनिक स्थानहरु कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क लगायतमा प्रवेश गर्दा कोभिड—१९ विरुद्धको खोप लगाएको कार्ड वा उक्त कार्डको मोबाइलमा फोटो भएपनि चाहिने आदेश दिएको हो।