• बैशाख १६ २०८२, मंगलवार

नेपाल सरकारलाई राष्ट्रपति भण्डारीको धन्यवाद

पुष २७ २०७८, मंगलवार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारलाई धन्यवाद व्यक्त गरेकी छन् । पृथ्वी जयन्तीका अवसरमा नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाह अभियानका वीरयोद्धा काजी कालु पाँडेप्रति श्रद्धासुमन अर्पण गर्ने अवसर मिलाएकामा धन्यवाद व्यक्त गरेकी हुन् ।

राष्ट्रपतिले आज अपराह्न ट्विट गर्दै राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा सो अवसर मिलाएकामा नेपालका विभिन्न प्रज्ञा–प्रतिष्ठान, स्थानीय तह, नेपाली सेनासहित सम्पूर्ण सुरक्षा निकायलाई पनि धन्यवाद दिएकी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार चन्द्रागिरि नगरपालिका वडा नं १ स्थित दहचोकमा रहेको काजी कालु पाँडेको शालिकमा पुष्प हार अर्पण गरी श्रद्धाभाव प्रकट गरेकी थिइन् । उनले त्यस अवसरमा चन्द्रागिरि नगरपालिका वडा नं १ स्थित दहचोक क्षेत्रमा निर्माण भएका संरचनाहरुको अवलोकन पनि गरेकी थिइन् ।