• फाल्गुन २९ २०८२, शुक्रबार

काठमाडौं उपत्यकामा २५ जनाभन्दा बढी भेला हुन नपाइने

पुष २७ २०७८, मंगलवार

काठमाडौँ। काठमाडौं उपत्यकामा २५ जनाभन्दा बढी भेला हुन नपाइने भएको छ । मंगलबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरेको हो ।

कोरोना संक्रमणदर बढ्दै गएपछि सोमबार गृह मन्त्रालयले सबै किसिमका भेला, सम्मेलनमा रोक लगाउन आफू मातहतका निकायलाई निर्देशन दिएको थियो ।

सोही निर्देशनमा छलफल गरेर उपत्यकामा सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नदिने निर्णय गरिएको हो ।  यो निर्णयसँगै भेला, सम्मेलन,जुलुस निकाल्न रोक लगाइएको छ।