• बैशाख १५ २०८२, सोमबार

अध्यक्ष नेपाललाई कोरोना संक्रमण

पुष २७ २०७८, मंगलवार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार गरिएको स्वाब परीक्षणको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

कोरोना पुष्टि भएपछि अध्यक्ष नेपाल आफ्नै निवासमा आइसोलेसनमा बसिरहेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

त्यस्तै केही दिन अगाडि मात्रै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि कोरोना संक्रमण भएको थियो ।