काठमाडौँ। नयाँ लोकदोहोरी गीत ‘बुट्टे रुमाल चोली मलमलको’ भिडियो सहित सार्वजनिक भएको छ । डिजिटल सामाजिक संजाल युटुवमा सार्वजनिक भएको यो गीतमा प्रसिद्ध लोकगायक कुलेन्द्र विश्वकर्मा र कल्पना गुरुङले आवाज दिएका छन् ।
रमेश परियारले सिर्जना गरेका गीतका शब्दहरुलाई स्रस्टा आफैले संगीत दिएका छन् । कृष्ण केसीले संगीत संयोजन गरेका छन् भने सो गीतलाई कुमार रानाले मिक्सिङ गरेका छन् ।
गीतको भिडियोमा रञ्जिता गुरुङ, शिशिर पौडेल, राजकुमार अधिकारी, राजन,मौनी र करिश्माले नृत्य तथा अभिनय गरेका छन् । स्मृति तिमिल्सिना ‘गुरुआमा’ले निर्देशन गरेको गरेको भिडियोका दृश्यलाई सुरेश श्रेष्ठले क्यामरामा कैद गरेका छन् भने सन्तोष महराको ड्रोन क्यामराले पनि दृश्य खिचिएको छ ।
प्रकाश धमलाले सम्पादन गरेको सो गीतको भिडियो गुरुआमा फिल्मसले पोष्ट प्रोडक्शन गरेको छ । भिडियो कल्पना गुरुङले प्रस्तुत गरेकी छिन् । रमेश परियारको युटुव च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको छ ।
हेरौं भिडियो ⇓