• मंसिर ९ २०८१, आईतवार

नारायणहिटी-विवादास्पद रेस्टुरेन्ट काण्ड : मन्त्रीलाई चोख्याउँदै, कर्मचारीमाथि दोष, प्रहरी अनुसन्धान फितलो

पुष २७ २०७८, मंगलवार

काठमाडौं । नारायणहिटी दरबारभित्र बतास समूहलाई भाडामा रेस्टुरेन्ट बनाउन दिएको विवादमा राजनीतिक नेतृत्व र तालुकवाला मन्त्रीलाई चोख्याउँदै कर्मचारीलाई मात्र दोषी देखाउनेगरी प्रतिवेदन तयार पारेको पाइएको छ ।

पछिल्लो समय विवादमा आएको बतास समूहलाई ठेक्का सम्झौतामै मिलेमतो गरेर नारायणहिटी दरबार संग्रहालयको क्यान्टिन भाडामा लगाएको प्रतिवेदनले देखाएको हो ।

संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालको मौखिक आदेशमा उक्त स्वीकृति दिएको भन्दै उनलाई मात्रै दोषी देखाएर तत्कालीन मन्त्री तथा सचिवलगायतलाई चोख्याएको देखिन्छ ।

टेन्डर आह्वान गर्दा बतासका बाहेक जुन कम्पनी आए पनि प्राविधिक प्रस्तावमा असफल गराउने गरी समितिलाई राजनीतिक दबाब दिनेलाई उम्काएको स्रोतले जनाएको छ ।

तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले प्रतिस्पर्धा नै नगराई २०७६ सालमा दाहाललाई संग्रहालयको कार्यकारी निर्देशकमा चार वर्षका लागि नियुक्ति गरेका थिए ।

उमेर हदका कारण सेवा निवृत्त दाहाललाई भट्टराईले नै पुरातत्व विभागमातहतको नारायणहिटी दरबार संग्रहालयमा रहेको गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिमा नियुक्त गरेका थिए । यो समाचार नागरिक दैनिकमा छ ।