ललितपुरको चोभार जलविनायक । नेपाल भाषामा क्वयना गनेद्यो ।काभ्रेको बनेपा, नालातिरका बगरखेत हुनेहरु आफ्नो खेत खोलाले नबिगारोस् भनेर यहिँ आइ कुखुराको भाले भोग दिई समयबज्जी खाई प्रत्यक साल फर्कन्छन् ।
यस मन्दिरबाट जल ल्याइ आफ्नो बगर खेतमा छर्छन् । तर पनि प्रत्यक साल कुनै न कुनै स्थानमा बाढीले पुरेकै हुन्छ । गरिबको न सरकारले बुझ्छ न त देवताले नै ।
त्यही बगरखेतमा आफ्नो पसिना बगाउँदा बगाउँदै बुबाको उमेर ८० काटिसक्यो । मेरो र मेरा दाजुको उमेर आधा शताब्दी नाघीसक्यो । अझै कति वर्षसम्म क्वयना गनेद्योको जल छर्कनु पर्ने हो ?!
(काभ्रेली साहित्यकार रत्नप्रसाद अनामणिको फेसबुकबाट ।)