काठमाडौँ। सत्तारुढ गठबन्धन दल नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले नेपाली भूमि लिपुलेकमा सडक विस्तार गरिरहेको भन्ने भारतीय प्रधानमन्त्री मोदीको अभिव्यक्तिप्रति आफ्नो र पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
पूर्व प्रधानमन्त्री समेत रहेका खनालले सोमबार एक वक्तव्य जारी गर्दै भारतले नेपाली भूमि लिपुलेकमा सडक विस्तार गरिरहेको भन्ने भारतीय प्रधानमन्त्री मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्।
‘भारत सरकारलाई राम्रोसँग थाहा छ कि लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको सार्वभौम क्षेत्र (भूमी) हुन्,’ ‘नेपाल सरकारसँग कुनै परामर्श नै नगरी उक्त क्षेत्रमा कुनै पनि विकास निर्माणका काम गर्नु पूर्ण रुपमा गैरकानूनी तथा क्षेत्रीय अखण्डता र राष्ट्रिय सार्वभौमिकताको उल्लंघन हो,’ खनालले आफ्नो वक्तव्यमा भनेका छन्।
नेता खनालले सीमा क्षेत्रमा आफ्नो देशको भूमिको रक्षाका लागि आवश्यक पहल गर्न पनि नेपाल सरकारको ध्यानाकर्षण गराएका छन्।
खनालले भनेका छन्, ‘हाम्रो भूमिको अखण्ता हनन गरेर भइरहेको सडक निर्माण र भारतीय नेताको भड्काउपूर्ण अभिव्यक्तिको हाम्रो पार्टी घोर भर्त्सना गर्दछ। सीमा क्षेत्रमा हाम्रो देशको भूमिको रक्षाका लागि आवश्यक पहल गर्न पनि नेपाल सरकारको ध्यानाकर्षण गराउँदछौं।’