• मंसिर २० २०८१, बिहीबार

मेरी माया छैनन् जून जस्ती

पुष २६ २०७८, सोमबार

मेरी माया छैनन् फूल जस्ती
मेरी माया छैनन् जून जस्ती
मेरी माया छैनन् अकबरी सुन जस्ती
म उनलाई गोठहरुमा भेट्छु
गोबर लागेका हातहरु
मलाई खुब मनपर्छ
म उनलाई देउरालीमा भेट्छु
घाँस बोकेर हिंडेकी मेरी पहाडी मोनालिसालाई
म प्रेमका अभिलाषाहरु फ्याँक्छु
स्कूल जाने गोरेटोमा
कुरेको याद छ उनलाई
आँप बोटमुनि
माया साटेको याद छ उनीसँग
उपल्लो पौवाडाँडाबाट झरेपछि उनी
भावुक भावुक भैजान्छु म
मेरी माया छैनन्
शहरीया क्लबहरुमा नाच्ने डान्सर जस्ती
मेरी माया छैनन्
कृतिम सुन्दरीहरु जस्तो
म उनको सादा कुर्ता र सुरुवालमा सजिएको हुलियालाई
म बहुत प्रेम गर्छु
उनी मेरो सादा जीवनलाई प्रेम गर्छिन्
छैन हाम्रो जोडी मलेवाको जोडी जस्तो,
परेवाको जोडी जस्तो
माथी देखिन्छ लाङ्टाङ हिमाल
म उनलाई हिमाल जस्तै निश्चल देख्छु ।