• मंसिर १२ २०८१, बुधबार

बलिउड कलाकार `कटप्पा´ अस्पताल भर्ना

पुष २५ २०७८, आईतवार

एजेन्सी । भारतमा कोरोना संक्रमण उच्च गतिमा बढिरहँदा अधिकांश क्षेत्र प्रभावित भएको छ । बलिउड र टलिउडमा कलाकारहरु संक्रमित हुनेको सूची लामै रहेको छ । केही दिन अघि महेश बाबु पछि `बाहुबली´ फिल्मबाट चर्चामा आएका कटप्पा अर्थात् कलाकार सत्यराज पनि कोरोना संक्रमित भएका छन् । त्यतिमात्र होइन उनको अवस्थामा सुधार नभएपछि अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कोरोना संक्रमण तिव्र गतिमा फैलिएपछि कतिपय रिलिज हुन ठिक्क परेका फिल्महरु रोकिएका छन् भने कतिपय कलाकारहरु पनि संक्रमित भएका छन् ।

रिपोर्टहरुका अनसार केही दिन अघिसम्म फिल्मको सुटिङमा व्यस्त रहेका सत्यराजलाई त्यस समय स्वास्थ्यमा समस्या आएपछि जाँच गरिएको थियो । त्यसक्रममा उनलाई कोरोना पोजेटिभ देखिएको थियो र उनी घरमै आइसोलेट भएका थिए । तर स्वास्थ्य विग्रदै गएपछि उनलाई चेन्नाइको एक अस्पतालमा भर्ना गरिएको छ । तर उनको अवस्थाबारे अस्पतालले औपचारिक रुपमा कुनै जानकारी नदिएको समाचारहरुमा जनाइएको छ ।