काठमाडौं । राष्ट्रिय सभाको बैठक आगामी माघ ३ गते बस्ने भएको छ । संघीय संसद सचिवालयले आइतबार सूचना निकालेर आगामी माघ ३ गते सोमबार दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बस्ने जानकारी दिएको हो ।
यसअघि पुस २७ गते मंगलबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो।