• मंसिर १२ २०८१, बुधबार

साहित्यकार अनामणिले माया गाँस्ने कुरा गरेपछि सबै चकित (भिडियो)

पुष २५ २०७८, आईतवार

काठमाडौं । साहित्यकार तथा लेखक रत्नप्रसाद अनामणि श्रेष्ठ अर्को गीत लिएर फेरि दर्शक तथा  श्रोतामाझ आएका छन् । यसअघि पनि उनका धेरै गीतहरु रेकर्ड भइसकेका छन् ।

बिनुसा राईले मिठो स्वरमा गाएर गीतलाई न्याय दिएकि छिन् । गीतको संगीत संयोजन विशन मानन्धरले गरेका छन् भने संगीत विक्रम थापाले गरेका छन् ।

गीत आधुनिक लयमा तयार पारिएको छ । गीतका रचनाकारले काभ्रे जिल्लामा पर्ने धरै पर्यटकीय तथा सांस्कृतिक स्थान तथा धरोहरहरुका नाम लिएका छन् । स्थानीय ठाउँहरुका नाम लिंदै समाजमा रहेको आपसी विश्वास तथा माया प्रेमलाई उजागर गर्न खोजिएको छ ।

गीतका रचनाकार संस्कृतिकर्मी पनि भएको तथा हालपनि विविध खोज तथा अनुुसन्धानहरुमा व्यस्त रहेका कारणले पनि सांस्कृतिक धरोहरहरुका नाम लिंदै गीत तथा साहित्यका अन्य विधाहरुमा उनको कलम चल्नुलाई स्वभाविकै मान्दा हुन्छ ।

यस्तो उनको पनौती मकर मेला गीतः

केटा : पनौती मकर मेलामा निहुँ पाएको बेलामा
घुम्न जाऔं जाऊँ एकबार छुट्टी भएको बेलामा
केटी : जाउँला है मकर मेलामा रमाइलो हुने बेलामा
म कुरी बस्छु लिन आउनु है नाला बजारमा ।

१) केटा : सचितिर्थ त्रिवेणी घाटैमा स्नान गरौंला
एकफेरिको जुनीमा माया पिरती गाँसौंला (पिरती गाँसौंला)

२) केटी : कुञ्जिगिरि गोरखनाथैमा सेल्फी खिचि रमाउँला (सेल्फी खिचि रमाऔंला)
योमरी र चटामरीको स्वादसँगै माया गाँसौंला(स्वादसँगै माया गाँसौंला)
केटा : पनौती मकर मेलामा निहुँ पाएको बेलामा
घुम्न जाऔं जाऊँ एकबार छुट्टी भएको बेलामा
केटी : जाउँला है मकर मेलामा रमाइलो हुने बेलामा
म कुरी बस्छु लिन आउनु है नाला बजारमा ।

३) केटा : इन्द्रेश्वर महादेवसँग भित्रि इच्छा मागौंला
आफन्त भेट भएका हाम्रो माया पिरती भनौंला (माया पिरती भनौंला)

४) केटी :अर्को मकर मेलामा बाह्र वर्षपछि भेटौंला
मनको इच्छा पुर्याई रमाइलो गरि फर्कौंला(रमाइलो गरि फर्कौंला)

केटा : पनौती मकर मेलामा निहुँ पाएको बेलामा
घुम्न जाऔं जाऊँ एकबार छुट्टी भएको बेलामा
केटी : जाउँला है मकर मेलामा रमाइलो हुने बेलामा
म कुरी बस्छु लिन आउनु है नाला बजारमा ।