• बैशाख १६ २०८२, मंगलवार

विज्ञापनको बार्गेनिङ गर्ने मिडियाप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण,उजुरी गर्न अपिल

पुष २५ २०७८, आईतवार

काठमाडौं । प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यमले विज्ञापनको बार्गेनिङ गरेको गुनासाहरु धेरै आउन थालेपछि यसबारे गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

काउन्सिलले विज्ञापनको बार्गेनिङ गर्ने सञ्चारमाध्यमलाई कारबाही गर्न काउन्सिलमा उजुरी गर्न अपिल समेत गरेको छ ।

काउन्सिलले आज एक विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमले विभिन्न कम्पनी संस्थाहरुसंग विज्ञापन माग्ने गरेको तथा दबाबमा पारेर विज्ञापन लिन खोजेको र नदिएमा तथ्यहिन र भ्रमपुर्ण समाचार लेख्ने गरेको पाइएपछि यसबारे उजुरी गर्न अपिल गरेको हो ।