• बैशाख १५ २०८२, सोमबार

२ सातादेखि हराएका बागलुङका विशालको खोजी गरिदिन आग्रह

पुष २५ २०७८, आईतवार

काठमाडौं । झण्डै २ हप्ता अघिदेखि हराएका बागलुङ जिल्ला गल्कोट नगरपालिका वडानम्बर १ टोड्केका १६ वर्षीय किशोर विशाल खड्काको खोजी गरिदिन उनका आफन्तले आग्रह गरेका छन् ।

यही पुष ११ गते हराएका विशालका आफन्तको उजुरीका आधारमा प्रहरीले मोबाइल लोकेसन जाँच गर्दा विशालसित रहेको मोबाइल नम्बर ९८४७६४८१७८ र ९८४९४३१५६८ काठमाडौंको गोंगबुमा देखाउने गरेको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।

पुष २२ गते जारी गरिएको प्रहरी प्रतिवेदनमा विशाललाई फेला पार्ने आफन्त तथा चिनेजानेकाहरुले उनका आफन्तकोमा बुझाइदिन भनिएको छ ।

विशालका आफन्त काठमाडौंको सामाखुसी निवासी लक्ष्मण केसीले विशाललाई देख्ने आफन्तले मोबाइल नम्बर ९७४९४६८९४६ र ९८४७०७६०२० मा सम्पर्क गरिदिन अनुरोध गरेका छन् ।