• मंसिर ११ २०८१, मंगलवार

हाँसो, झुपडीमा पुग् !

पुष २५ २०७८, आईतवार

हाँसो तँ खुसी देखाई,
सुख देखाई किन यहाँ आउँछस् ?
हृदयलाई खुसी बनाई किन दुखीसँग टाढा देखाई,
शान्तिलाई किन खुसी तुल्याउँछस्
।।१।।
मान्छेको खुसी खोजीखोजी सुख आउँछ,
हसाँउने अधिकार हाँसोमा आउँछ ।
खुसी किन यहाँ आउँछ,
गरीबको झोपडीमा किन जाँदैन ?
।।२।।

अरुलाई दुखी बनाई तँ !
तँ किन खुसी रहन्छस ?
यस्तोमा किन तँ आउँछस्,
दुःखलाई किन पर पठाउँदैनस् ?
(जन्मस्थान : वीरगंज । हाल : कोपण्डोल, ललितपुर)