• मंसिर ११ २०८१, मंगलवार

महामारीको सिकार बन्नु नेताहरुको हेलचक्र्याइँ

पुष २४ २०७८, शनिबार

काठमाडौं । कोरोना महामारीको पहिलो र दोस्रो लहर तीव्र वेगमा फैलिरहेको बेला नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली सत्तामा थिए । उनले सरकारी तथा आफ्नो पार्टीका सार्वजनिक कार्यक्रममा महामारीको कुनै प्रवाह नै नगरी नेता कार्यकर्ताको ठूलै हुल हुज्जत लिएर विभिन्न ठाउँमा जान्थे ।

त्यतिमात्रै होइन, उनी आफू सरिक भएको कार्यक्रममा स्वास्थ्य सतर्कताको मापदण्ड नअपनाई मनमौजी ढंगले हिड्थे र बोल्थे । यद्यपि संयोगले उनी कोरोना संक्रमण भएनन् । बरु उल्टै संसद्देखि विभिन्न सार्वजनिक कार्यक्रममा कोरोना महामारीलाई मजाक उडाउँदै हिडथे ।

मरिणामस्वरूप उनकै पालामा हजारौँ जनाले ज्यान गुमाए भने लाखौँले कोरोना महामारीसँग मुकाबिला गर्नुपर्यो । कतिपय घरबारबिहीन भए भने कतिपय टुहुरा छन् । उनीहरूलाई राज्यको तर्फबाट राहतस्वरूप केही बाँड्नु पथ्र्यो । उनले त्यसो गर्न सकेनन् ।

फेरि पनि ओलीले त्यो समयमा महामारीको चोटले छियाँछियाँ भएका सर्वसाधारणको चोटमाथि मलम लाउनुको साटो नुनचुक दले । त्यसपछि उनको चौतर्फी विरोध भयो । विरोधका बावजुत उनले केहीहदसम्म कारोनालाई नियन्त्रण गर्न भन्दै दुई÷तीन पटक लकडाउन गरे । लकडाउनद्धारा फेरि उनै गरिबी र अभावले छट्पटिएका दरिद्रको पेटमाथि दात हाने ।

त्यो समयमा प्रतिपक्षी दलहरूले पनि कोरोना महामारीको ख्यालै नगरी सडकमा उत्रिए । हजारौँ नागरिकलाई सडकमा ओरालेर नारा जुलुस लगाउन लगाइयो । त्यसले पनि महामारीलाई फैलिनुमा खुब मलजल गर्यो । त्यसपछि पुनः हजारौँ जना संक्रमित भए । सयौँले यस धराधाम त्याग्नुपर्यो । तर पनि रोकिएनन् आन्दोलन, सभा, समारोह, सम्मेलन र महाधिवेशन ।

चितवनको सौराह हुँदै कमलादीसम्म आइपुग्दा कोरोनाले आफू फैलिनुमा ठूलै राहत पाएको छ । अत्यन्तै घातक ओमिक्रोन भेरियन्ट पनि नेपालमा टुप्लुक्क आइपुग्यो । तर, पनि हाम्रा सजक र दलका नेता कार्यकताले वास्तै गरेनन्् । र, आज आफै सिकार बन्नु परेको छ ।

तथापि दलका शीर्ष नेता यसअघि कोरोना संक्रमण भएका थिएनन् । यतिबेला महाधिवेशनको महाकुम्भ सकाएर आन्तरिक गृहकार्यमा संलग्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमण भएका छन् । कोरोना संक्रमण हुनुमा उनी स्वयम् दोषी छन् भने आम नेता कार्यकर्ताको हेलचक्र्याइँ नै हो ।

उप्रान्त यहीँ घटनाबाट आममानिसले पाठ सिक्नु जरुरी छ । राजनीतिक दल, नागरिक समाज, पत्रकार, बुद्धिजीवि, सञ्चारकर्मी, सर्वसाधारण लगायतले अब उप्रान्त कुनै पनि सभा, समारोहमा अहभागिता नजनाउँ । प्रत्यक्ष भेटेर वा ठूलै भीड जम्मा पारेर कार्यक्रम गर्नुपर्छ भन्ने छैन । यसका अतिरिक्त विभिन्न सामाजिक सञ्जालमार्फत पनि यी कार्यक्रम गर्न सकिन्छ ।

विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको मापदण्डको पालना गर्न हामी सबै तद्दत हुनुपर्छ । रोग र शत्रुसँग खेलाची गर्नुहुँदैन । यसका लागि आआफ्नो ठाउँबाट सचेतना अपनाऔँ । आफू पनि बचौँ, अरूलाई पनि बचाऔँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार आजसम्म ८ लाख ३१ हजार ७४८ जना कोरोना संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या ११ हजार २०६ पुगेको छ ।