• बैशाख १५ २०८२, सोमबार

अल्पसंख्यक सोनाहा जाती सूचीकरणका लागि प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र

पुष २४ २०७८, शनिबार

काठमाडौं । अल्पसंख्यक सोनाहा जाती सूचीकरणका लागि प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ।

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनको नेतृत्वमा प्रतिनिधि सभा सदस्य सन्त कुमार थारु, संविधानसभा सदस्य हरि श्रीपाइली, राजापुर नगरपालिका नगर प्रमुख शिव प्रसाद चौधरी,सोनाहा बिकास समाजका अध्यक्ष शान्ति सोनाहा,नेपाल सोनाहा संघर्ष समितिका अध्यक्ष बल बहादुर सोनाहा,राधा सोनाहा लगायत १५ जना प्रतिनिधिहरुको टोलीले प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाएको हो।

संविधानमा सबैको पहिचान समेटिदा अल्पसंख्यक सोनाहा जाती सूचीकरण हुनबाट बञ्चित भएको कुरा थाहा पाउन साथ सूचीकरणका लागि विशेष पहल भएको थियो।