• बैशाख १५ २०८२, सोमबार

सकरात्मक सोच भएका तन्नेरीहरुको खाँचो छ : गगन थापा

पुष २४ २०७८, शनिबार

काठमाडौँ। सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई सम्हाल्न सकारात्मक सोच भएका तन्नेरीहरु चाहिएको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले सो कुरा बताएका हुन् । तन्नेरीहरु जोशिला हुने र त्यसमा थप सकारात्मक चिन्तन आवश्यक रहेको उनको भनाइ छ।

महामन्त्री थापाले नेपाललाई योभन्दा धेरैमाथि पुर्‍याउने संकल्पसहित आफूले अवको १०-१५ वर्षमात्रै सक्रिय राजनीति गर्न चाहेको पनि दोहोर्‍याए। उनले बिग्रेको देश सम्हाल्ने गरी पठनपाठनको विषयलाई अघि बढाउनुपर्नेमा पनि जोड दिए।