• बैशाख १५ २०८२, सोमबार

प्रधानमन्त्री देउवा आइसोलेशनमा

पुष २४ २०७८, शनिबार

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा शनिबारदेखि आइसोलेशनमा बसेका छन्। शुक्रबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण भएपछि प्रधनमन्त्री देउवा आइसोलेशनमा बसेका हुन्।

देउवाको कोरोना परीक्षण भने आइतबार हुने उनको सचिवालयले जनाएको छ।

प्रचण्डमा कोरोना पुष्टि भएपछि प्रधानमन्त्री देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरु कन्ट्याक्ट ट्रेसिङमा परेका छन्। माओवादीमा अध्यक्ष प्रचण्डसहित नेता नारायणकाजी श्रेष्ठ, नेताहरु हरिबोल गजुरेल, मातृका यादव, डोरप्रसाद उपाध्याय, रामप्रसाद सापकोटा, रमेश मल्ल, सुमन देवकोटा, सुबोध सेर्पाली, पञ्चा सिंह, प्रकाशचन्द्र पाण्डेलाई कोरोना संक्रमण भएको छ ।