• बैशाख १५ २०८२, सोमबार

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

पुष २४ २०७८, शनिबार

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। शनिबार बिहान भक्तपुर बालकोटस्थित ओली निवासमा प्रधानमन्त्री देउवा र ओलीबीच भेटवार्ता भएको हो ।

दुवैबीच करिब १ घण्टा कुराकानी भएको तर के विषयमा छलफल भयो भन्ने कुरा बाहिर आइनसकेको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । ।

यस्तै ओलीका प्रेस संयोजक रामशरण बजगाईंले प्रधानमन्त्री र अध्यक्षबीच करिब एक घण्टा एक्लाएक्लै भेटवार्ता भएकाे तर विषयबारे थाहा नभएकाे बताए ।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संसद् अवरोध र न्यायालयको समस्याबारे प्रधानमन्त्री देउवालाई एमाले अध्यक्ष ओलीसँग वार्ता गर्न आग्रह गरेको थियो ।

यसअघि पनि सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय संयन्त्रका संयोजक रामचन्द्र पौडेल बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग छलफल गरेका थिए।