• बैशाख १५ २०८२, सोमबार

मन्त्रिपरिषद् कार्यालयमा सीसीएमसीसी बैठक जारी

पुष २३ २०७८, शुक्रबार

काठमाडौं । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट संक्रमण छिमेकी भारतलगायत देशहरूमा बढ्न थालेपछि  प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) निर्देशक समितिको बैठक बसेको छ ।

शुक्रबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा समितिको बैठक बसेको हो ।

बढ्दो रहेको र नेपालमा पनि संक्रमण दर बढिरहेकाले त्यसबारे छलफल गर्न बैठक बसेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज २४ जनामा ओमिक्रोन संक्रमण देखिएको जनाएको थियो। देशभरिबाट नमूना संकलन गरेर जिन सिक्वेन्सिङ गर्दा उनीहरुमा ओमिक्रोन संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

सोही विषयमा छलफल गर्न सीसीएमसीको बैठक बसेको बताइएको छ। बैठकले महत्पूर्ण निर्णय गर्ने बताइएको छ।