• बैशाख १५ २०८२, सोमबार

प्रम प्रतिपक्षसँग छलफल गर्न तयार : अन्त्य होला संसद भित्रको गतिरोध ?

पुष २३ २०७८, शुक्रबार

काठमाडौं । संसदमा बढ्दै गएको सरकार र प्रतिपक्ष बीचको दुरी कम गर्न प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसँग भेट गर्ने भएका छन् । भेटवार्तामा सौहाद्र्रपूर्ण छलफल गरी संसदको गतिरोध अन्त्य गर्नसकिने देउवाको सोच रहेको देखिन्छ ।

सत्ताधारी गठबन्धनमा रहेको दोस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिन पहिले ओलीले संसदभित्र वार्ता गर्न नचाहेकाले ओली निवास बालकोटमै पुगेर वार्ता गरौं भनी प्रधानमन्त्रीसमक्ष प्रस्ताव राखेको कुरा सार्वजनिक भएको पनि थियो ।

अहिले आएर प्रधानमन्त्री देउवाले आफू संघीय संसदमा देखिएको गतिरोध अन्त्यका लागि क्रियाशील हुने बताए पछि संसदभित्र अब सामान्य अवस्था सिर्जना होला कि भनी सर्वसाधरण पनि आशावादी हुन थालेको देखिएका छन् । लामो समयसम्म प्रमुख विपक्षी दल एमालेले संसद अवरोध जारी राखेपछि संसदप्रति जनतामा ?ची घट्दै जान थालेको छ ।

देशको नीति निर्माण गर्ने थलो नै निर्वाचित जनप्रतिनिधि र पूर्व प्रधानमन्त्री तथा पूर्व मन्त्रीहरुले अबरुद्ध गर्न थालेपछि संसदले पनि जनताका पक्षमा काम गर्न नसक्ने हो कि भन्ने आशंका बढ्दै गएको छ । यसले नेपालमा पश्चगमनको खतरालाई बढाएर लगिरहेको छ ।

यही कुरालाई मध्यनजर गरेर प्रधानमन्त्री देउवाले आफू क्रियाशील हुने बताएका छन् । उनको क्रियाशीलताको प्राथमिकता भनेको एमाले अध्यक्ष केपी ओलीसँग छलफल गर्ने र निकास निकाल्ने नै हो ।

उता संसदमा निरन्तर गतिरोध ल्याइरहेको प्रतिपक्षी एमाले भने कहिले गठबन्धन सरकार ढलाउने त कहिले लाखौं जनता र कार्यकर्ता काठमाडौंमा उतार्ने कुरा गरिरहेको छ । उसले सभामुख अग्नि सापकोटामाथि आफ्नो पार्टी एमाले विभाजन गराउन भूमिका खेलेको भनी गम्भीर आरोप लगाउँदै पनि आइरहेको छ ।

यसै विषयलाई लिएर प्रतिपक्षी एमालेले सभामुख सापकोटावि?द्ध संसदमा निरन्तर नाराबाजी र प्रदर्शन गर्दै आएको छ । यतिसम्म कि एमालेले संघीय संसदको नवौं र चालू दसौं अधिवेशनमा नाराबाजी गर्दै अवरोध सिर्जना गरिरहेको छ ।

यस बीचमा सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रले पनि बिहीबार मात्र प्रधानमन्त्री देउवालाई गतिरोधका लागि क्रियाशील हुन अनुरोध गरिसकेको छ । प्रम देउवाले ओलीलाई भेट्ने संकेत पनि गरिसकेका छन् ।