• बैशाख १५ २०८२, सोमबार

स्वास्थ्यमन्त्री विरोध खतिवडा र जापानी राजदूत युताकाबीच भेटघाट

पुष २२ २०७८, बिहीबार

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा र नेपालका लागि जापानका राजदूत किकुता युताकाबीच शिष्टाचार भेटघाट भएको छ ।

मन्त्रालयमा भएको भेटमा उनीहरुबीच दुई देशबीच आपसी परस्परिक सहयोग वृद्धि गर्ने विषयमा छलफल भएको थियो ।

सो अवसरमा जापानी राजदूतले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा जापानले सक्दो सहयोग गर्ने बताएका थिए। जापानले यसअघि कोरोनाविरुद्धको खोप पनि अनुदान सहयोग गरेको थियो।