• बैशाख १५ २०८२, सोमबार

नेपालका परराष्ट्रमन्त्री र भारतका विदेशमन्त्रीबीच टेलिफोन वार्ता

पुष २२ २०७८, बिहीबार

काठमाडौं । नेपालका परराष्ट्रमन्त्री नारायण खड्का र भारतका विदेशमन्त्री एस जयशंकरबीच टेलिफोन वार्ता भएको छ ।

आज बिहीबार भएको उक्त टेलिफोन कुराकानीमा दुई देशबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने सहमति भएको छ ।

भारतीय विदेश मन्त्री जयशंकरले टेलिफोन सम्पर्कमा विकासका कार्यक्रम र कोभिड–१९ विरूद्ध नेपाल र भारतको सहकार्यका विषयमा कुराकानी भएको ट्वीटमा उल्लेख गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुन भारत जाने भनेको भाइब्रेन्ट गुजरात समिट स्थगित भएको दिन विदेशमन्त्री जयशंकरले परराष्ट्र मन्त्री खड्कासँग कुरा गरेका हुन् ।