• बैशाख १५ २०८२, सोमबार

मोटरसाइकलको टयांकीभित्र ३८ लाख रुपैयाँ बरामद

पुष २२ २०७८, बिहीबार

जनकपुरधाम । भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकलको टयांकीभित्र ३८ लाख रुपैयाँ बरामद गरिएको छ ।

ट्यांकी भित्र लुकाएर ल्याउदै गरेको अवस्थामा एक युवकलाई सशस्त्र प्रहरी बलले बिहीबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको लक्ष्मिनियाँ गाउँपालिका १ का २३ बर्षीय अमितकुमार यादव छन् ।

यादव चढेको प्रदेश २–०२००१ प ०४७७ नम्बरको मोटरसाइकल धनुषाको नगराइन नगरपालिकास्थित जटहीमा चेकजाँच गर्दा टयांकीभित्र ३८ लाख ३५ हजार नेपाली रुपैयाँ लुकाएको भेटिएको सशस्त्र प्रहरीले जनाएको छ ।