• बैशाख १५ २०८२, सोमबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

पुष २२ २०७८, बिहीबार

काठमाडौं । सरकारले जापान सरकारकाबाट प्राप्त हुने १० अर्ब ३९ करोड नीतिगत ऋण स्वीकार गर्ने भएको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हिजो (बुधबार)बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सो ऋण स्वीकार गर्ने भएको हो ।

यस्तै यस्तै गृह मन्त्रालयको लागुऔषध नियन्त्रण शाखा प्रमुखसहित ७७ वटै जिल्लाका सीडीओलाई लागुऔषध नियन्त्रण अधिकारी तोक्ने निर्णय गरेको छ ।
लागुऔषध नियन्त्रण र अनुसन्धान प्रभावकारी बनाउन सीडीओलाई थप जिम्मेवारी दिने निर्णय गरेको जानकारी दिएका हुन् ।

जापान सरकारकाबाट प्राप्त हुने १० अर्ब ३९ करोड नीतिगत ऋण स्वीकार गर्ने, प्रहरी नियमावली संशोधन गर्ने, राजपत्र हरेक हप्ताको सोमबार र बिहीबार दुई दिन प्रकाशन गर्ने निर्णय गरेको पनि मन्त्री कार्कीले जानकारी दिए ।