काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा भवन शीतल निवास पुगेका छन् ।
देउवा बिहीबार साँझ शीतल निवास पुगेका हुन् । उनी साँझ ५ बजे शीतल निवास पुगेर साढे ५ बजे फर्किएका थिए ।
प्रधानमन्त्रीको सचिवालयले राष्ट्रपति र प्रधानमन्त्रीबीचको यो भेटवार्ता नियमित भएको बताएको छ ।