काठमाडौँ। सरकारले एसिड आक्रमणबाट पीडित मुस्कान खातुनलाई ३ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
एक किशोरको प्रेम प्रस्ताव अस्वीकार गरेपछि दुई वर्षअघि मुस्कान तेजाब हमलाको सिकार भएकी थिइन्। अनुहार र शरीरमा चोट लागेकी उनले आफू पीडित भएयता एसिड आक्रमण गर्नेलाई कडा कारबाही हुनुपर्ने विषयमा आवाज उठाउँदै आएकी छन्। हालसालै मुस्कानले अमेरिकाको प्रतिष्ठित पुरस्कार पाएकी थिइन्।