• मंसिर ७ २०८१, शुक्रबार

६ गुणाले बढि तातो छ चीनले बनाएको अर्को सूर्य

पुष २२ २०७८, बिहीबार

चीनले वैकल्पिक सूर्य निर्माण र प्रयोग गरेपछि संसारभर आश्चर्य छाएको छ । त्यति मात्र होइन, यो मानव निर्मित सूर्य वास्तविक सूर्यभन्दा ६ गुणा तातो पनि रहेको छ । यो संसारको विकसित वैज्ञानिक युगमा सबैभन्दा पहिलो ‘आणविक शक्ति उत्सर्जन योजना’ पनि हो ।

यो वैकल्पिक सूर्य द एक्सपेरिमेन्टल एडभान्स्ड सुपरकन्डक्टिङ टोकामाक वैज्ञानिक टिमद्वारा निर्माण गरिएको हो । यसलाई इस्ट नाम दिइएको छ । यो वैकल्पिक सूर्यबाट तापक्रम १०० करोड डिग्री सेल्सियस तापक्रम पैदा हुन गएको छ । यो भनेको वर्तमान सूर्यभन्दा ६ गुणा भन्दा बढी तातो हो ।

वर्तमान सूर्यले केवल १५ करोड डिग्री सेल्सियस मात्र ताप पैदा गर्दछ । चीनको हेफेइ प्रयोगशालामा निर्माण र प्रयोग गरिएको एक फ्युजन रियाक्टरभित्र हाइड्रोजनलाई १० सेकेन्डसम्म १०० करोड डिग्री सेल्सियसम्म तापक्रम पैदा गरी सफलतम् प्रयोग गरिएको हो ।

यो प्रयोग दुई हिसाबले ऐतिहासिक र अभूतपूर्व रहेको छ : पहिलो, वैकल्पिक सूर्यको खोजीमा सफलता हात लागेको छ, दोस्रो, १०० करोड डिग्री उर्जा वा ताप पैदा गर्दा प्रयोगमा ल्याइएको धातुले उक्त तापलाई धारण गर्न सकेको छ ।

यस अतिरिक्त यो एउटा अति श्रेष्ठतम् प्रयोग हो । विज्ञान तथा प्रविधिको क्षेत्रमा यो अभूतपूर्व सफलता पनि हो । यसमा प्रयोग गरिएको परमाणु विच्छेदनको प्रक्रिया मानिसले बढाउन र रोक्नसक्ने हदसम्म रहेको छ । यसभन्दा अघि दोस्रो विश्व युद्धको अन्तिम हुँदाका बखत अमेरिकाले जापानको हिरोसिम्मा र नागासाकीमा परमाणु बम प्रयोग गरेको थियो । यो भनेको परमाणुको अनियन्त्रित प्रयोग थियो ।

तर अहिले मानव निर्मित सूर्यमा गरिएको पारमाणविक प्रयोगले वास्तविक सूर्यका बारेमा बुझ्न वैज्ञानिकलाई धेरै तथ्यहरु प्रदान गरेको छ । वास्तविक सूर्यमा देखिने झिल्का र लप्काहरुले कसरी थप ताप बृद्धिमा सहयोग पुर्याउँछन् भन्ने कुरा पनि यो मानव निर्मित सूर्यले सघाउ पुर्याएको छ ।

सूर्यको तापक्रम घट्दै गैरहेको र एक दिन सूर्य आफै सेलाएर जानसक्ने भन्ने तर्क र तथ्य वैज्ञानिकहरुले दिँदै गरिरहेका बेला चीनले वैकल्पिक सूर्य निर्माण गरेर विकल्प संभव छ भन्ने देखाएको छ । मानव निर्मित सूर्य निर्माणका लागि चीनले ७ खर्ब पाउण्ड बराबरको रकम खर्च गरेको छ ।