• बैशाख १५ २०८२, सोमबार

ललिता निवास जग्गा प्रकरण : सीआईबीले बुझायो अनुसन्धान प्रतिवेदन

पुष २२ २०७८, बिहीबार

काठमाडौँ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको छ ।

बिहीबार पूर्वसचिवसहित करिब साढे ३ सय जनालाई प्रतिवादी बनाएर मुलकी अपराध संहिता २०७४ को दफा २०७६ बमोजिम कारबाहीको माग गर्दै सिआईबीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको हो । तीन वर्षको अनुसन्धानपछि सीआइबीले यो प्रतिवेदन बुझाएको हो।

सीआईबीका एक अनुसन्धान अधिकृतका अनुसार २०४९, २०६२, २०६७ र २०६९ सालमा गरी चारपटक सरकारी जग्गालाई व्यक्ति र गुठीको नाममा ल्याएर १४३ रोपनी ६ आना जग्गा हडपिएको खुलेकाे छ ।