• बैशाख १४ २०८२, आईतवार

प्रधानमन्त्री देउवा सहभागी हुने भनिएको गुजरात सम्मेलन स्थगित

पुष २२ २०७८, बिहीबार

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भनिएको भारतको भाइब्रेन्ट गुजरात सम्मेलन स्थगित भएको छ।

गुजरातमा कोभिड–१९ को संक्रमण बढेको भन्दै यो सम्मेलन स्थगित गरिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्।

यो समिटमा भाग लिन पुस २५ गते प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने कार्यक्रम तय भएको थियो ।