• मंसिर १७ २०८१, सोमबार

मंगल ग्रहको उत्तरी ध्रुवमा हिउँ : छिट्टै मानव बस्ती बस्न बेर छैन

पुष २१ २०७८, बुधबार

काठमाडौं । मंगल ग्रहको कक्षमा लामो समयदेखि घुमिरहेको चिनियाँ यान तियानवेन–१ मार्स रोभरले मंगल ग्रहको बारेमा नयाँ र आकर्षक फोटाहरु पठाएर मानिसलाई चकित पारिरहेको छ । त्यसो त मंगल ग्रहको उत्तरी गोलार्द्धमा पहिलेदेखि नै हिउँ हुन सक्ने भनी अनुमान गरिदै आएको थियो । तर पनि यसको आधिकारिकता पुष्टि हुन बाँकी थियो ।

अंग्रेजी नयाँ वर्षको आगमनसँगै मंगलग्रहबाट मार्स रोभरले लोभलाग्दा सेल्फी फोटाहरु पठाएपछि यसले पृथ्वीबासीलाई आभारी बनाएको छ । मंगल ग्रहका आकर्षक फोटाहरु पठाउने क्रममा उक्त यानले आफ्नो पनि मंगल ग्रहमा उपस्थितिको शानदार फोटो पठाउन सफल भएको छ ।

हरेक तस्बिरहरु निकै प्रेरणादायी रहेका छन् । फोटोहरुको माझमा मंगलको उत्तरी ध्रुवमा हिउँ देखिएको दुर्लभ दृष्य रहेको छ । यो तस्वीर नै सबैको आशा र आकर्षणको केन्द्र बन्न पुगेको छ । रंगीन फोटोमा तियानवेन मार्स मिसन रातो ग्रह वरपर घुमिरहेको देखिन्छ ।

यो फोटोमा हिउँको कलात्मक ल्यान्डस्केप रहेको छ । मंगल सतहमा रहेको अर्को यान झुरोङले मंगलमा जीवको अस्तित्वको खोजिगरिरहेको छ । यो यानले अहिलेसम्म २५० दिन बिताइसकेको छ ।

यो यान अहिले पृथ्वीबाट ३५ करोड किलोमिटर टाढाको दुरीमा छ । गत वर्ष जुलाइमा चीनको हेनान प्रान्तको वेन्चाङ स्पेस लन्च सेन्टरबाट प्रक्षेपित तियानवेन -१ मंगल देवताको नामसँग जोडिएको छ ।
(एजेन्सीको सहयोगमा)